मन्त्री कोइरालाको भनाई ‘जेष्ठ नागरिक सम्मानको जिम्मेवारी सरकारले लिनुपर्छ’

प्रकाशित मिति: १४ श्रावण २०७४, शनिबार १५:२७


मोहन बल्ल

भक्तपुर, श्रावण १४ ।
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले ज्येष्ठ नागरिकलाई सम्मान पूर्वक बाँच्ने अधिकार सरकारले मिलाई दिनुपर्ने बताएकी छन् ।

अग्रज समाज नेपालद्वारा आज भक्तपुरमा आयोजित सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले राज्यले ज्येष्ठ नागरिकको जिम्मा लिई उनीहरूको बाँच्नेु पर्ने अधिकार सरकारले मिलाई दिनु पर्ने बताइन् ।

उनले आफ्नो परिवार, समाज, स्थानीय तह र राज्यले ज्येष्ठ नागरिकलाई अवहेलना गर्नेलाई तिरस्कार गर्दै जान सके ज्येष्ठ नागरिकहरूले दुःख नपाउने बताइन् । अहिले राज्यले बाँडिरहेको वृद्ध भत्ता उपर्युक्त नभएको भन्दै उनले जेष्ठ नागरिकलाई भत्ता मात्रै दिने नभई उनीहरूको सम्पूर्ण जिम्मेवारी राज्यले नै लिन सक्नुपर्नेमा जोड दिएकी छन् ।

अग्रज समाज नेपालले नवनियुक्त मन्त्री कोइराला, नवनिर्वाचित स्थानिय तहका जनप्रतिनिधि तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका नवनिर्वाचित कार्यसमितिलाई सम्मानसमेत गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....