भाद्र १ गतेबाट मुलुक सेनाको कब्जामा

प्रकाशित मिति: २३ श्रावण २०७४, सोमबार २१:३०


– शपुर सुवेदी
देशको राजनीतिक उत्तार चढावका कारण मुलुक अहिले गम्भीर अवस्थामा पुगेको भन्दै नेपाली सेनाले आकस्मिक बैठक बसी आगामी भाद्र १ गतेबाट मुलुक सेना आफैँले हाँक्ने निर्णयमा पुगेको एक गोप्य श्रोतले जनाएको छ ।

श्रोतले दिएको प्राप्त जानकारीअनुसार विभिन्न राजनीतिक दलहरूको व्यक्तिगत स्वार्थ र राजनीतिक दलहरूको खिचातानीले गर्दा राष्ट्रलाई नै विखण्डन पार्ने गम्भीर संकट देखा परेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

देशको अवस्था दिनानुदिन बिग्रिदै जाँदासमेत मुलुकप्रति जिम्मेवार रहेको राजनीतिक दलहरू कार्यकर्ता पोस्ने र पद लोलुपतामा मात्र ध्यान केन्द्रित भएका कारण विदेशी हस्तक्षेप विस्तारै बढ्दै गएको भन्दै सेनाले भित्रभित्रै रणनीतिक चाल खेल्नु पर्ने अवस्था श्रृजना भएको श्रोतले जनाएको छ । देशका प्रमुख राजनीतिक पार्टीहरू भित्र पनि गुटबन्दीको अवस्थाले देश विकासमा भन्दा पनि बढी कार्यकर्ताहरूलाई कसरी खुसी पारेर राख्ने र कसरी काम लिने भन्नेमा मात्र ध्यान गएको निष्कर्ष निकालेको छ ।

राजधानीलगायत देशका विभिन्न जिल्लामा रहेको ठूलठूला एनजिओ र आईएनजिओ तथा सरकारी कार्यालयहरूमा निष्पक्ष र अनुभवी तथा दक्ष कर्मचारीहरूलाई प्रोत्साहन दिनुभन्दा पनि पार्टीको पावर लगाएर विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू भर्ना गर्ने कार्यले सहीलाई गलत र गलतलाई सही गर्ने कामले गर्दा कालोलाई सेतो बनाउने र सेतोलाई कालो बनाउने घृणित कार्यले जनताको जायज माग र गुनासालाई समेत बेवास्ता गरी घुस खाने प्रवृतिले थप छलाङ्ग हान्दै गएपछि देश थप जटिलतामा फस्दै गएको र राम्राे र सही काम गर्नेलार्इ बदनाम गरी झूठाे अाराेप लगाएर निष्काशन गर्ने र जेल हाल्ने कार्य विभिन्न पार्टीमा हाबी भएकाे पनि निष्कर्ष निकालेको छ ।

राजनीतिमा लागेपछि सबै पावर हातमा हुन्छ भन्ने गलत प्रचार गरेर विभिन्न पार्टीले जनतालाई कालो चश्मा लगाउने गरेको र पार्टीमा बढीभन्दा बढी कार्यकर्ताको प्रवेश गराएर देशकै ठूलो पार्टी बनाएर देश लुट्ने गम्भीर षड्यन्त्र भित्रभित्रै बुन्दै गरेको कुराकोसमेत पर्दाफास गरेको छ । योसँगै राजनीतिक संरक्षणको आँडमा ठूलठूला पदमा बसेर अर्बौं रुपैयाँको हिनामिना गरेर चलखेल गर्दै पार्टीलाई पोस्ने र कार्यकर्ताहरूलाई खुसी पारेर राख्ने कार्यमासमेत वृद्धि हुँदै गएपछि कार्यकर्ताहरूले समेत गलत कार्य गर्न थप हौसला मिल्दै गएको जनाएको छ ।

राजनीतिक दलहरूको हस्तक्षेपकै कारण अपराधीहरूलाई पक्राउ गरेर कारबाही अगाडि बढाउन नपाउँदै ठूलठूला नेता र मन्त्रीहरूको फोनले अपराधी उम्किने गरेको र देशमा अपराधमाथी थप अपराध बढ्दै गएकाले नेपाली जनताको शान्तिपूर्वक बाँच्न पाउने नैसर्गिक अधिकारको समेत हनन् भएको र डर, त्रास मनमा लिएर बाँच्नु पर्ने अवस्थाको श्रृजना भएको तथा ठूलठूला व्यापारीहरूलाई हतियार देखाएर धम्क्याउँदै लाखौं, करोडौं रुपैयाँ हप्ता माग्नेमा समेत वृद्धि हुँदै गएको भन्दै त्यसलाई निर्मूल पार्न पनि यस्तो निर्णयमा पुगेको गोप्य श्रोतले जनाएको छ ।

कैयाैं व्यापारीहरूले राजनीतिक संरक्षणकै कारण खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गरेर नेपाली जनताकाे स्वास्थ्यमाथी नै खेलवाड गरिरहेकाे र सामान लुकाएर अभाव देखाउँदै परेकाे मूल्यभन्दा बढी मूल्यमा किन्न बाध्य बनाएकाेमा पनि गम्भीर ध्यानाकर्षण भएकाे श्राेतले बतायाे । यस्ता गलत कार्यले बढावा लिँदै गएकाे र मुलुक नै गम्भीर संकटकाे दलदलमा फसेपछि अन्तिममा अाएर देशकाे अस्तित्व बचाउन यस्ताे निर्णय गर्न बाध्य भएकाे श्राेतले जनाएकाे छ ।

यसैबीच, सेनाको यस्तो निर्णय बाहिर गाइँगुँइ सुन्नमा आउने बित्तिकै देशका राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताहरू त्राहिमाम भएका छन् । सेनाको यस्तो निर्णयले ठूलठूला दलका नेताहरूले आफ्नो बैंक खातामा रहेको पैसा र ब्लाय्क मनीलाई ह्वाईट मनी बनाउन भित्रभित्रै नक्कली कागज पत्र बनाएर पैसा सापटी दिने, सहयोग गर्ने जस्तो गरेर पैसा धमाधम लुकाउनतिर लागेको श्रोतले बताएको छ ।

यता, सेनाले गरेको यस्तो सही निर्णयलाई आम नेपाली जनताले हार्दिक स्वागत गरेको छ भने जनता पनि राजनीतिक दलहरूको क्रियाकलापले वाक्क दिक्क भएपछि जस्तो सुकै सहयोग मागेमा पनि दिल खुलेर सहयोग गर्न तत्पर रहेको जनाएको छ ।

गाइजात्रा पर्वको उपलक्ष्यमा सबै अनन्य पाठकहरूलाई हार्दिक शुभकामनासहित यो गाइजात्रा विशेषको रूपमा मात्र हामीले यहाँहरू समक्ष पस्केका हौँ ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....