‘समृद्धिका लागि प्रविधियुक्त शिक्षा प्रणाली लागु गर्नुपर्ने’ : एमाले नेता ज्ञवाली

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार १८:२४


काठमाडौं, भाद्र १२ ।
नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले देशलाई समृद्धिमा लैजान शिक्षाको रुपान्तरण आवश्यक रहेको बताएका छन् ।

अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘समृद्धिको लागि विज्ञान, प्रविधि, उद्यमशीलता र रोजगार’ विषयको विचारगोष्ठीमा उनले अहिलेको विज्ञान र प्रविधिको युगमा शिक्षा प्रणालीमा परिवर्तन गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उल्लेख गरे ।

प्रा. डा. रामेश्वर अधिकारीले शिक्षामा विज्ञान र प्रविधिको प्रयोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विज्ञान र प्रविधिको सही प्रयोग भएमा मुलुकले चाँडै समृद्धि हासिल गर्ने बताए ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले प्रविधि शिक्षालाई जोड दिई दक्ष जनशक्ति उत्पादन गर्न सरकार लाग्नुपर्ने धारणा राखेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबार वागमतीसहित एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडाैं, असार २ । भोलि मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । मौसम पूर्वानुमान.....