गौरा पर्वको अवसरमा प्रधानमन्त्री देउवाद्वारा शुभकामना व्यक्त

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलवार ०६:३६


काठमाडौं, भाद्र १३ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने महत्वपूर्ण साँस्कृतिक पर्व गौरा पर्वका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यो पर्व नेपालीको विशिष्ट पहिचान भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषताहरूको अनुपम संगमस्थल हो । भाषा, संस्कृति, भेशभुषा र संस्कार आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषताहरू हुन् । यसै सन्दर्भमा परापूर्वकालदेखि मनाइँदै आइएको गौरा पर्व नेपालीको विशिष्ट पहिचानसमेत हो । यस पर्वको महत्वलाई आत्मसात् गर्दै नेपाल सरकारले राष्ट्रिय पर्वका रूपमा लिई सार्वजनिक बिदाको व्यवस्था गरेको पनि स्मरण गराउन चाहन्छुु ।’

उनले यस पर्वका अवसरमा सबैमा सुख, शान्ति र समृद्विको कामना गर्दै गौरा पर्वले नेपालीबीच सामाजिक सद्भाव र भ्रातृत्वपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबार वागमतीसहित एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडाैं, असार २ । भोलि मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । मौसम पूर्वानुमान.....