जनकपुरमा एमालेको प्रादेशिक भेलामा, राजपा र प्रहरीबीच झडप हुँदा छ जना घाइते

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलवार १६:३३


जनकपुर, भाद्र १३ ।
जनकपुरको पिडारीचोकमा एमाले कार्यकर्ता र राजपाको कार्यकर्ताबीच दोहोरो झडप भएको छ । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको प्रचार प्रसारका लागी एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रदेश नम्बर–२ को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न त्यहाँ पुगेको बेला सामन्य झडप हुँदा छ जना कार्यकर्ता घाइते भएका छन् ।

नेपाल जनकपुर पुगेको थाहा पाएपछि राजपा कार्यकर्ताले अवरोध प्रयास गर्न लाग्दा विरोधमा उत्रिएका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

स्थानीइ रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले नेता नेपाललाई कालोझण्डा देखाउँदै, एमाले मूर्दावादको नारा लगाउँदै ढुंगा–मुढा प्रहार गरे पछि स्थिति केही बेर तनाव ग्रस्त बनेको थियो ।

कार्यकर्ता भेलामा माधव नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतो लगायतका नेताहरूको सहभागिता रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबार वागमतीसहित एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडाैं, असार २ । भोलि मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । मौसम पूर्वानुमान.....