भ्रष्टाचारीले जीवनभर चुनाव लड्न नपाउने विधेयक राज्य व्यवस्था समितिबाट पारित

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार १२:१९


काठमाडौं, भाद्र १९ ।
भ्रष्टाचारी ठहरिएका व्यक्तिले जीवनभर चुनाव लड्न नपाउने गरी निर्वाचन विधेयक राज्यव्यवस्था समितिबाट पास भएको छ ।

नेपाली कांग्रेस सांसदले भ्रष्टाचारमा दोषी ठहर्याइएका व्यक्ति सजाय काटेको तीन वर्षपछि निर्वाचन लड्न पाउनुपर्ने संशोधन प्रस्ताव राखेपछि छलफल लम्बिएको थियो ।

अन्ततः काँग्रेस सांसदहरुले आफ्नो प्रस्ताव फिर्ता लिएपछि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४’ र ‘प्रदेशसभा सदस्य निर्वाचन विधेयक २०७४’ पारित भएको हो । अब भ्रष्टचार ठहर भएको व्यक्तिले आजीवन निर्वाचन लड्न नपाउने पुरानै व्यवस्था कायम रहने भएको छ ।

व्यवस्थापिका संसद्ले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि तयार भएको विधेयक राज्यव्यवस्था समितिमा दफावार छलफलका लागि पठाएको थियो ।

सरकारले तयार पारेको विद्येयकमा भ्रष्टाचारी ठहर भएको व्यक्तिलाई आजीवन चुनाव लड्न रोक लगाउने प्रस्ताव गरिएको थियो ।

तर, नेपाली कांग्रेसका १९ सांसदले उक्त विधेयकमा संशोधन दर्ता गरेका थिए । उनीहरूले भ्रष्टाचार ठहर भएकाहरूले पनि सजायबाट मुक्त भएको तीन वर्षपछि निर्वाचनमा भाग लिन पाउनु पर्ने संसोधन प्रस्ताव गरेका थिए ।

संशोधन राख्ने सांसदहरूमा आनन्दप्रसाद ढुगांना, सिताराम महतो, राधेश्याम अधिकारी, भरतबहादुर खड्का, पुष्कर आचार्य, किरण यादव लगायत थिए ।


प्रतिक्रिया

ताजा खबर

More