आचारसंहिता पूर्ण रूपमा पालना गर्न निर्वाचन आयोगको आग्रह

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार १६:४९


काठमाडौं, भाद्र १९ ।
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यहीँ भाद्र १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

आचारसंहिता लागू हुने नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, व्यक्ति निकाय तथा पदाधिकारीलाई आचारसंहिता कार्यान्वयन गर्न आयोगले अनुरोध गरेको हो ।

आचारसंहिता फिर्ता लिएको भनी भ्रम सिर्जना गरिएकोप्रति थप स्पष्ट गर्दै आचारसंहिता कार्यान्वयन गर्न÷गराउन आयोग प्रतिबद्ध रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० र २१ गते एकैपटक दुई चरणमा हुने घोषणा भइसकेको छ ।


प्रतिक्रिया

ताजा खबर

More