एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा पार्टीका एजेण्डा सार्वजनिक

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलवार १५:०६


काठमाडौं, भाद्र २० ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले पार्टीका एजेण्डा सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरेर नेपालमा भएका सबै धर्मको सम्मान गर्दै नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने, राष्ट्रपतिको रूपमा राजसंस्थाको उपस्थिति कायम गर्ने, भष्ट्राचारको उन्मुलनको अभियान सुरु गर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्ने लगायतका एजेण्डा सार्वजनिक गरेको हो ।

पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले माथिल्लो संसद्मा समानुपातिका जनप्रतिनिधिहरूको उपस्थिति कम हुनुपर्ने बताउँदै भने, ‘हाम्रो मुलुकमा अस्थिर राजनीतिकले जरा गाढेको छ, हाम्रो पार्टीले स्थिर राजनीतिक र सकारको लागी कदम चाल्नेछ, हाम्रो पार्टी समावेशी राष्ट्रवाद, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवादको दर्शन बोकेको पार्टी हो, यसै अनुरूप जनताको बीचमा जान्छ ।’

पाँच महिना अघिमात्रै निर्वाचन आयोगबाट मान्यता पाएको एराप्रपा राष्ट्रवादीले ६० जिल्लामा पार्टीको जिल्ला कमिटि गठन गरिसकेको उनले बताएका छन् । वर्तमान राजनितिक अस्थिरताको अन्त्य गर्नको लागी प्रत्यक्ष प्रधानमन्त्री चुनिनुपर्ने पक्षमा रहेको एराप्रपा पार्टीले राष्ट्रध्यक्षको रूपमा राजसंस्था हुनुपर्ने माग गरेको छ ।

त्यस्तै अध्यक्ष डा. लोहनीले शक्तिशाली पावरको रूपमा रहने केन्द्रसभामा देशमा रहेका सबै जातजाति र समुदायको प्रतिनिधित्व जनसंख्याको अनुपातमा सुनिश्चित गरिनुपर्ने कुरामा जोड दिए ।

प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचित हुनुपर्ने अडान दोहोर्‍याउँदै अध्यक्ष डा. लोहनीले राप्रपाले भनेको आधारमा नेपालको शासन व्यवस्था सञ्चालन नभएको खण्डमा वैदेशिक हस्तक्षेप बढ्ने दावी गरे ।

पार्टीका एजेण्डालाई मुर्त रूप दिनको लागी भाद्र २१ गते राजधानीका विभिन्न स्थानमा कोण सभा गर्ने, २२ गते कोटेश्वरमा बृहत्त मोटर साईकल र्‍याली निकाल्ने, २३ गते बबरमहलदेखि र्‍याली निकालेर नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत हुने पार्टीले जानकारी दिएको छ । उनले असोज २ गते हुने प्रदेश नम्बर २ स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले भाग नलिने जानकारी दिए ।


प्रतिक्रिया

ताजा खबर

More