राजपा नेपालका महामन्त्री श्रीवास्तवद्वारा पार्टी परित्यागको घोषणा

पर्सा, भाद्र २१ ।
राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवं केन्द्रिय प्रवक्ता विमलप्रसाद श्रीवास्तवले पार्टी परित्याग गरेका छन् ।
वीरगन्ज महानगरपालिकाका प्रमुख पदको टिकट पार्टीले नदिएपछि नेता श्रीवास्तवले वीरगन्जको कुम्हालटोस्थित निजी निवासमा मगलबारं अपराह्न्न विषेश भेला बोलाई पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उक्त भेलामा राजपाका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षसहित पार्टीको विभिन्न पदमा रहेका सयौँ नेता कार्यकर्ताहरूले राजपा परित्याग गरेका छन् । राजपा नेपालका केन्द्रीय सदस्य शशिकपुर मियाँ, पुरुषोत्मलाल झा, जनाद्र्धन सिंह यादव, दीपक तिवारीलगायतले पार्टी परित्याग गरेका हुन् ।
नेता श्रीवास्तवले उक्त भेलामा राजपा नेपालका केन्द्रीय नेतृत्वले नेता कार्यकर्ताको उचित मूल्यांकन नगरेको र तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि टिकट वितरण गरेकाले पार्टी परित्याग गरेको बताए । उनी अहिले विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेका छन् ।
उनले लोकतान्त्रिक पार्टीबाट आफूले वीरगन्ज महानगरपालिकाका प्रमुख पदमा उम्मेदवारी दिन लागेका छन् । सो पदका लागि नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारसँग सहमति भएको बताउँदै नेता श्रीवास्तवले पर्साको ४७६ वटै पदका लागि आज निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउने जानकारी दिएका छन् ।
प्रतिक्रिया