उम्मेदवार चयनमा विवाद भएपछि कांग्रेसका दुई पक्षबीच खुकुरी हानाहान

सिराहा, भाद्र २१ ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्न नसकेपछि नेपाली कांग्रेस सिराहामा दुई पक्षबीच खुकुरी हानाहान भएको छ ।
सिराह नगरपालिकाबाट मेयर पदका लागि आपसमा विवाद भएपछि सुवासचन्द्र यादव र उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान हुँदा १० जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ता घाइते छन् । घाइतेहरूको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ ।
कांग्रेसले सिरहा नगरपालिकाकमा नेपाली कांग्रेसकी केन्द्रीय कोषाध्यक्ष सितादेवी यादवका छोरा डा.सुभाषचन्द्र यादवलाई मेयरको टिकट दिएको छ । सिरहा नगरपालिका पूर्वउपमेयर समेत रहेका उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्षसम्म दाबी गर्दै आएका थिए ।
कोषाध्यक्ष सीतादेवीका छोरालाई टिकट दिइएपछि उपेन्द्र पक्षले पार्टी कार्यालय घेराउ गर्ने क्रममा दुवै पक्षबीच खुकुरी हानाहान भएको प्रहरीले स्रोतले बताएको छ । अहिले झडप स्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको जनाएको छ । सिराहमा कांग्रेस जिल्ला पार्टी कार्यालय सिराहामा तोडफोड गरेका छन् ।
प्रतिक्रिया