देश विकासका लागि राजनीतिक अस्थिरता आवश्यक : महामन्त्री कोइराला

नवलपरासी, भाद्र २१ ।
नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले अब देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं. ६ नवलपरासीद्वारा आज सूर्यपुरामा आयोजित एक कार्यक्रममा महामन्त्री कोइरालाले देश विकासका लागि राजनीतिक अस्थिरता आवश्यक रहेको दाबी गर्दै अब राजनीतिक अस्थिरता आउँदै गएकाले सबै मिलेर राष्ट्रलाई समृद्ध बनाउनुपर्ने धारणा व्यक्त गरे ।
असंख्य सम्भावना रहेको नेपालमा अब चौतर्फी विकास गर्न आवश्यक देखिएकाले आगामी दिनमा सबै पक्ष एकजुट भई समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने महामन्त्री कोइरालाको भनाई थियो ।
सोही कार्यक्रममा सिँचाइमन्त्री सञ्जय गौत्तमले नेपाल र भारतबीच देखिएको सिँचाइसम्बन्धी समस्या कूटनीतिक माध्यमद्वारा समाधान गरिने बताए ।
मन्त्री गौतमले बाढीका कारण तराईमा देखिएको समस्याप्रति सरकार गम्भीर भएको बताउँदै बाढी प्रभावित समुदायलाई राहत वितरण तीब्र रूपमा भइरहेको उल्लेख गरे ।
यसैबीच, महामन्त्री कोइराला, मन्त्री गौतमसहितको टोलीले आजै नवलपरासीका विभिन्न क्षेत्रको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको छ । त्यस्तै टोलीले आजै सुस्ता पुगेर सुस्ताको पछिल्लो समस्याबारे सुस्ताबासीसँग जानकारीसमेत लिएका छन् ।
प्रतिक्रिया