मधेशमा पनि एमाले पहिलो पार्टी हुन्छ : उपाध्यक्ष रावल

काठमाडौं, भाद्र २२ ।
नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले प्रदेश नं. २ को निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रियताको संरक्षणका लागि आफ्नो पार्टीले खेलेको भूमिकाका आधारमा मधेश र मधेशी जनताले निर्वाचनमा सही मूल्यांकन गरी एमालेलाई अग्रस्थानमा पुर्याउने बताए ।
मधेशमा लामो समयदेखि मधेशीको शोषण गर्ने समूहले राजनीतिक दल खोल्दैमा उनीहरूको प्रतिनिधित्व गर्न नसक्ने बताउँदै उनले भने, “प्रत्येक वर्ष मधेशमा बाढी आउँछ, त्यस क्षेत्र डुबानमा पर्छ, बाढी डुबानको दीर्घकालीन समाधान हामी दिन्छौँ, मधेशीको पक्षमा आवाज उठाउने हामी मात्रै हौँ ।”
उपाध्यक्ष रावलले सरकारले निर्वाचन आचार–संहिता उल्लंघन गरी प्रादेशिक प्रशासक नियुक्ति गरिरहेकामा चिन्ता व्यक्त गर्दै स्वेच्छचारी ढंगले गरिने नियुक्ति एमालेले प्रतिवाद गर्ने बताए ।
प्रतिक्रिया