प्रदेश नम्बर २ मा स्थानीय चुनावमा उम्मेदवारमाथि दाबी विरोध गर्न सकिने

काठमाडौं, भाद्र २२ ।
असोज २ गते हुने स्थानीय चुनावका लागि बुधबार उम्मेदवारी दर्ता गरेकामाथि आज दाबी विरोध गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारको विरोधमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् । दिउँसो १ बजेपछि उजुरीमाथि छानबिन गरी शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
शुक्रबार बेलुका ५ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने र शनिबार अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका रहको छ । शनिबार उम्मेदवारलाई चुनाव चिन्ह पनि प्रदान गरिने आयोगले जनाएको छ ।
प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ वटा स्थानीय तहका लागि बुधबार अबेरसम्म १८ हजार भन्दा बढीले उम्मेदवारी दर्ता गराएको जानकारी प्राप्त भएपनि यो संख्या अझै बढ्ने प्रवक्ता ढकालले जानकारी दिएका छन् ।
प्रतिक्रिया