‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनाराका साथ आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौँ, भाद्र २२ ।
‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनारामा साथ आज १४ औँ निजामती सेवा दिवस देशभर मनाइँदैछ ।
दिवस आज देशका विभिन्न ठाउँमा मनाइदैछ भने स्वास्थ्य मन्त्रालयमा रक्तदान कार्यक्रम गरिँदैछ । बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति पुर्याएकाले यो वर्ष हर्सोल्लासका साथ दिवस नमनाइएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताएका छन ।
मन्त्रालयले एक हप्तादेखि वृक्षारोपण, सरसफाइजस्ता कार्यक्रम गर्दै आइरहेको छ । दिवस मनाउनका लागि मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
नेपालमा २०६० सालदेखि निजामती दिवस मनाउँदै आइरहेको हो । नेपालमा करिब ८३ हजार निजामती कर्मचारी रहेका छन् । दिवसका अवसरमा आज देशभरका निजामती कर्मचारीलाई सार्वजनिक बिदा दिइएको छ ।
निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी चेतराज बरालले उत्कृष्ट तथा सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलाई कदरपत्रले सम्मान गरेका छन् ।
प्रजिअ बरालले निजामती कर्मचारी सेवा प्रवाहमा दत्तचित भएर लाग्नुपर्ने बताए । राज्य र नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्नसके सेवाग्राहीले सुशासनको अनुभूति गर्न सक्ने दाबी गरेका छन् ।
प्रतिक्रिया