राप्रपा नेपालको प्रदेश नं. ३ मा क्षेत्रीय सम्मेलन सुरु

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहीबार १६:५१


काठमाडौं, भाद्र २२ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश नं ३ का स्थानीय तहका अध्यक्षहरूको क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उनले जनसेवालाई केन्द्रमा राखेर काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले पार्टी विभाजनपछि संगठन सुदृढीकरणका लागि निष्ठावान् भई अगाडि बढ्न पनि कार्यकर्तालाई सुझाव दिएका थिए ।
देशमा सुशासन कायम गर्न निर्धारित समयमा नै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो ।

शुक्रबारसम्म जारी रहने उक्त सम्मेलनमा प्रदेश नं ३ अन्तर्गतका गाउँ, नगर, महानगरका पार्टी अध्यक्ष, क्षेत्रीय समितिका अध्यक्ष, जिल्ला अध्यक्ष तथा भ्रातृ संगठनका अध्यक्ष गरी तीन सय जनाको सहभागिता रहेको छ ।

त्यस भेलाले प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा अधिकतम स्थान जित्न आवश्यक रणनीति तयार गर्ने बताइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More