राजनीतिक दलहरूलाई दल दर्ताअनुसार निर्वाचन चिन्ह प्रदान (नामसहित)

काठमाडौं, भाद्र २३ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानअनुसार दल दर्ता गरी निर्वाचन चिन्हनसमेत प्रदान गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको आयोगको बैठकले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता गरी पाऊँ भनी आयोगमा परेका निवेदन सम्बन्धमा निर्णय गरेको हो ।सो निर्वाचन प्रयोजनका लागि आवश्यक कागजातसहित ९५ राजनीतिक दलले निवेदन दर्ता गराएका थिए ।
आयोगले राजनीतिक दललाई नेपालको संविधानको र राजनीतिक दलसम्बन्धी ऐन, दर्ता गरी दलले प्राथमिकता क्रममा माग गरेका निर्वाचन चिन्हमध्ये आयोगको निर्वाचन चिन्हको समूहमा कायम रहेका चिन्हबाट निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको छ ।साथै दुई वा दुईभन्दा बढी राजनीतिक दल संयुक्त भई एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिन चाहेका राजनीतिक दलको हकमासमेत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिन्ह प्रदान गर्ने निर्णयसमेत भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
आगामी मंसिरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगले राजनीतिक दललाई दिएको चुनाव चिन्ह यसप्रकार रहेको छ :
दर्ता नं. राजनीतिक दलको नाम निर्वाचन चिन्ह कैफियत
१ ग्रीन पार्टी नेपाल, ऊँट
२ नेपाल समावेशी पार्टी, सुगा
३ नेपाल नौलो जनवादी पार्टी, चुच्चोले चिठ्ठी बोकेर उड्न लागेको परेवा
४ राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल डाँफे
५ चुरेभावर लोकतान्त्रिक पार्टी, भकुण्डो
६ राष्ट्रिय जनमोर्चा, गिलास
७ नेपाल परिवार दल, साँचो
८ नेपाल समाजवादी पार्टी (लोहियावादी), मेच
९ तामाङसालिङ लोकतान्त्रिक पार्टी, बज्र
१० नेपाल संघीय समाजवादी पार्टी, बस
११ गान्धीवादी पार्टी नेपाल, भेडा
१२ राष्ट्रिय विकास पार्टी, हात्ती
१३ चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल, सुदर्शन चक्र
१४ राष्ट्रिय त्रिमूल बहुजन समाजवादी पार्टी, हातमा धानको बाला
१५ एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), आयाताकारभित्रको हलो
१६ मंगोल नेशनल अर्गनाइजेसन, कुखुराको भाले
१७ राष्ट्रवादी पार्टी, घण्टी
१८ नेपाल मजदूर किसान पार्टी, मादल
१९ नेपाली जनता दल, गोरु गाडाको चक्का (पाङ्ग्रो)
२० जनशक्ति नेपाल, गोलाकारभित्र छाता
२१ किराँत खम्बुवान लोकतान्त्रिक पार्टी, त्रिकोण
२२ देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल मुठ्ठी
२३ इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, केराको बोट
२४ ३३ दलीय मोर्चा, पाँचकुने तारा
२५ राष्ट्रिय जनमुक्ति पार्टी, घर
२६ विवेकशील साझा पार्टी, तराजु
२७ समाजवादी पार्टी, नेपाल सुकुन्दा
२८ खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, हथौडा
२९ राष्ट्रवादी युवा मोर्चा, चश्मा
३० मूलवासी मुक्ति पार्टी, घडी
३१ नेपाः राष्ट्रिय पार्टी, खड्ग
३२ राष्ट्रिय श्रमिक नागरिक पार्टी, पिपलको पात
३३ नेपाल दलित पार्टी, इनार
३४ नेपाल युवा किसान पार्टी, केराको काइँयो
३५ मधेश तराई फोरम, बाल्टिन
३६ राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, षट्कोण
३७ देशभक्त समाज, जरायो
३८ मधेश समता पार्टी नेपाल, रिक्सा
३९ हाम्रो पार्टी, धारा
४० नेपाल कम्युनिष्ट पार्टी (एमाले), सूर्य
४१ दलित, मुस्लिम जनशक्ति पार्टी, माछा
४२ नेपाल शान्ति क्षेत्र परिषद्, थपडी बजाएको जोडा हात
४३ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, दापसहितको खुकुरी
४४ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), गाग्री
४५ राष्ट्रिय समाजवादी पार्टी, नेपाल पृथ्वी
४६ नेपाल दर्शन, भुइँकटहर
४७ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त), हँसिया
४८ संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, हवाईजहाज
४९ माग शिवसेना नेपाल, डमरु
५० नयाँ शक्ति पार्टी, नेपाल, देब्रे आँखा
५१ राष्ट्रिय जनता पार्टी नेपाल, छाता
५२ नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक), डोको
५३ नेपाल कम्युनिष्ट पार्टी, घन कोदालो
५४ नेपाल लोकतान्त्रिक जनता काँग्रेस, दुई आँखा
५५ नेपाल जनता पार्टी, कमलको फूल
५६ मितेरी पार्टी, नेपाल घोडा
५७ आमूल परिवर्तन मसिहा पार्टी नेपाल, हृदय
५८ नेपाली ग्रिन्स, हिमाल
५९ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), गोलाकारभित्र हलो
६० राष्ट्रिय जनता दल नेपाल, लाल्टिन
६१ राष्ट्रिय प्रजातन्त्र पार्टी, गाई
६२ नेपाल वाद, तारापुञ्ज
६३ बहुजन शक्ति पार्टी, जग
६४ नेपाल जनलोकतन्त्र पार्टी, साबेल
६५ युवाशक्ति नेपाल पार्टी, दौडिरहेको युवक
६६ हाम्रो नेपाल पार्टी, दुई थुङ्गा सयपत्रीको फूल
६७ नेपाल लोकतान्त्रिक फोरम, दुई हात जोडेको नमस्कार
६८ देशभक्त लोकतान्त्रिक पार्टी, ऐना
६९ नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी), कोदालो
७० हिन्दू प्रजातान्त्रिक पार्टी नेपाल, महिला
७१ जनप्रजातान्त्रिक पार्टी, नेपाल गैँडा
७२ संयुक्त राष्ट्रिय जनपरिषद्, हेलिकप्टर
७३ नेपाली कांग्रेस, रुख
७४ लिबरल डेमोक्रेटिक पार्टी, दमाहा
७५ राष्ट्रवादी एकता पार्टी, परेवा
७६ संघीय समाजवादी फोरम, नेपाल, हातले समातेको मशाल
७७ लोक द,ल लुगा सिउने कल
७८ मुस्कान सेना नेपाल, पुरुष
७९ युवा नेपाल पार्टी, मोटर साइकल
८० बहुजन समाज पार्टी नेपाल, जिराफ
८१ पिछडावर्ग निषाद दलित जनजाति पार्टी, कछुवा
८२ नेपाल आमा पार्टी, बच्चा काखमा लिएकी आमा
८३ नेपाली कांग्रेस (वी.पी.), करुवा
८४ लोककल्याणकारी जनता पार्टी, नेपाल, धनुषबाण
८५ मातृभूमि नेपाल, दल गाग्री बोकेकी महिला
८६ अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, चियादानी
८७ अखण्ड नेपाल पार्टी, ध्वजा
दर्ता नं. राजनीतिक दलको नाम माग गरेको निर्वाचन चिह्न कैफियत
१ पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी नेपाल र आधुनिक पार्टी नेपाल, बाघ नयाँ चिह्न लिई संयुक्त भएको
२ राष्ट्रिय शिवसेना पार्टी र राष्ट्रिय नागरिक पार्टी, सिपाही शिवसेना नेपालको चिह्नमा संयुक्त भएको
३ नेपाल कम्युनिष्ट पार्टी (माले) र जनसमाजवादी पार्टी, नेपाल हँसिया तारा नेपाल कम्युनिष्ट पार्टी (माले)को चिह्नमा संयुक्त भएको
४ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), समाजवादी जनता पार्टी नेपाल र जनजागरण पार्टी गोलाकारभित्र हँसिया हथौडा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टीमा संयुक्त भएको
प्रतिक्रिया