अध्यक्ष दाहालले आगामी निर्वाचनमा चितवनबाट चुनाव लड्ने घोषणा

दाङ, भाद्र २३ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवनबाट चुनाव लड्ने औपचारिक घोषणा गरेका छन् ।
यो भन्दा अघि काठमाडौं, रोल्पा र सिरहाबाट चुनाव लडेका दाहालले पहिलोपटक गृहनगर चितवनबाट उम्मेदवार हुने घोषणा गरेका हुन् ।
‘मैले चितवनबाट चुनाव लड्ने पार्टीले निर्णय गरेको छ,’ भरतपुरमा शुक्रबार बिहान भएको अन्तरक्रियामा उनले भने, ‘तर कुन क्षेत्रबाट भन्ने निर्णय भएको छैन, तीनमध्ये कुनै एक क्षेत्रबाट चुनाव लड्छु ।’
दाहालले आफूले चितवनबाट चुनाव लड्दा यहाँका मतदाताले स्वागत गर्ने विश्वास व्यक्त गरेका छन् । ‘राष्ट्रिय राजनीतिलाई परिवर्तनको मोड दिने पार्टीको नेताको हैसियतले आउँदा चितवनवासीलाई खुसी र गौरव हुनेछ ।’
आफूले चितवनलाई उपेक्षा नगरेको प्रष्ट पार्दै दाहालले सबैतिरको अनुभव हासिल गरेर गृहजिल्ला फर्किएको बताए । प्रचण्डले ‘चितवनलाई उपेक्षा नगरेको र शान्तिप्रक्रियामा आएदेखि नै चितवनबाट मतदान गर्दै आएको भन्दै भने, म सबैतिरको अनुभव हासिल गर्न आवश्यक छ भनेर परिवर्तन सेक्रिफाइस गरेको जिल्ला रोल्पा, देशको राजधानी काठमाडौं, मधेशको जिल्ला सिराहाबाट चुनाव लडेको हुँ,’ उनले भने, ‘सबैबाट अनुभव हासिल गरेपछि अब कर्मभूमि चितवन आएको छु ।’
प्रतिक्रिया