वृद्धाश्रम निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रम देउवाको प्रतिबद्धता (फाेटाेफिचर)

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार १५:१३


ललितपुर, भाद्र २४ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समाज यलद्वारा निर्माण गर्न लागेको वृद्धाश्रमका लागि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ललितपुरस्थित भोलढोकामा रहेको ज्यापु समाजको आफ्नै भवनमा आज विशेष कार्यक्रमकाबीच ज्यापु समाज यलको २४ औँ साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले ज्यापु समाजले हालसम्म गर्दै आएको कार्यको प्रशंसासमेत गरेका छन् ।

कार्यक्रममा ललितपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सांसद् चन्द्र महर्जनले स्वागत मन्तव्य दिएका थिए भने ज्यापु समाजका अध्यक्ष प्रेमकृष्ण महर्जनले ज्यापु समाजले गर्दै आइरहेको विभिन्न गतिविधिबारे स्पष्ट पारेका थिए । कार्यक्रमको बीचमा अध्यक्ष महर्जनले प्रधानमन्त्री शेरबहादुर देउवालाई खादा ओढाई विशेष प्रमाण पत्र हस्तान्तरण गरी सम्मान गरेका थिए ।

कार्यक्रममा शताब्दी पुरुष डा. सत्यमोहन जोशीलगायत विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More