चितवनमा दुई वटा बस दुर्घटना, तीनको मृत्यु, दर्जनौँ घाइते (अपडेट)

प्रकाशित मिति: २४ भाद्र २०७४, शनिबार १८:३०


चितवन, भाद्र २४ ।
चितवनको पिप्लेमा सवारी दुर्घटना भएको छ । दुई वटा बस एक आपसमा ठोक्किँदा उक्त दुर्घटना हुन पुगेको हो ।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमा नै ज्यान गएको छ भने दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । अहिले घटनास्थलमा उद्दार कार्य जारी रहेको ईलाका प्रहरी कार्यालयले चितवनले जनाएको छ ।

नारायणगढ आउँदै गरेको बा. ६ ख ९१२५ नम्बरको बस र वीरगञ्ज जाँदै गरेको ना. ५ ख ८७०६ नम्बरको बस एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।

बसमा २४ जना यात्रु रहेको अनुमान गरिएको छ । घटनामा घाइते हुनेहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई नजिकको अस्पताल लगिएको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More