पार्टी संस्थागत तरिकाबाट चलेमा मात्र बिपीप्रति सच्चा श्रद्धाञ्जली : नेता सिंह

प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार ०६:२५


काठमाडौं, भाद्र २५ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संस्थागत तरिकाबाट चलेको खण्डमा मात्र विश्वेश्वरप्रसाद कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

नेपाल तरुण दल काठमाडौं क्षेत्र नं. २ ले बिपी कोइरालाको १०३ औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको क्षेत्रीय तरुण क्षमता अभिवृद्धि भेलाको उद्घाटन गर्दै उनले पार्टी विधि प्रक्रिया र संस्थापक नेताले देखाएको आदर्शभन्दा पनि पद प्रतिष्ठाको बाटोमा अल्मलिएको बताए ।

पूर्वमहामन्त्री सिंहले अहिले पार्टी विधिसम्मत चल्न नसकेको उल्लेख गर्दै पार्टी कमजोर भए लोकतन्त्र नै कमजोर हुँदै जाने बताए । नेता सिंहले बिपी जयन्तीका दिन पार्टीको नेतृत्वबाट नै पार्टी संस्थागत ढंगले लैजानुपर्छ भन्ने प्रतिबद्धता आएमात्र बिपीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

यसैबीच, नेपाल विद्यार्थी संघ काठमाडौंले विपी जयन्तीका अवसरमा शनिबार साँझ शान्तिवाटीकामा दीप प्रज्वलन गरेको छ ।

दीप प्रज्वलनमा युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले बिपी कोइरालाले देखाएको बाटोमा पार्टी हिँड्न नसकेको बताउँदै बिपीको सिद्धान्त, आदर्श अहिले पनि सान्दर्भिक भएको उल्लेख गरे ।


प्रतिक्रिया

ताजा खबर

More