मन्त्रीपरिषद् विस्तारको तयारीमा राप्रपाले चार मन्त्रालयको माग

काठमाडौं, भदौ २५ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेसँगै राप्रपा प्रजातान्त्रिकले चार वटा मन्त्रालय माग गरेका छन् ।
राप्रपा प्रजातान्त्रिकले चार वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्रीले तीनवटा मन्त्रालय दिएर मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् भने राप्रपा प्रजातान्त्रिकका तर्फबाट मन्त्री थप गरेर सरकार विस्तार गर्ने तयारी भइरहेको छ ।
राप्रपा प्रजातान्त्रिकसँग छलफल भइरहेको भएपनि मन्त्रीपरिषद् आज या भोलि विस्तार हुने भन्ने टुंगो अहिले नलागेको प्रधानमन्त्री निकट श्रोतले जानकारी दिएको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले सुनिल थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा, दिपक बोहोरा मध्येबाटै मन्त्री बनाउने तयारी गरेका छन् ।
राप्रपा प्रजातान्त्रिकले सरकारमा सहभागी हुन तीन जना मात्र मन्त्री भए सरकारमा आउने मनस्थितिमा रहेको र ती मन्त्रालयमा राज्यमन्त्री पनि नियुक्त गर्नुपर्ने माग गरेको छ ।
प्रधानमन्त्री देउवाले भने अहिले राज्य मन्त्री नियुक्त नगर्ने अडान राखेकोे श्रोतले बताएको छ ।
प्रधानमन्त्री देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालयमध्येबाट ३ मन्त्रालय राप्रपा प्रजातान्त्रिकलाई दिने तयारी गरेका छन् ।
प्रतिक्रिया