मापसे चेकजाँचमा तीव्रता दिएपछि मादक पदार्थ सेवनकर्ता घट्यो, २३ करोड भन्दा बढी जरिवाना असुली

प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार १३:५८


काठमाडौं, भाद्र २५ ।
महानगरीय ट्राफिक प्रहरीले मादक पदार्थ सेवन अभियानबाट उपत्यकाबाट मात्रै २३ करोड रुपैयाँभन्दा बढी जरिवाना असुली गरेको महाशाखाले जनाएको छ ।

६ वर्षको अवधिभित्र मादक पदार्थ सेवनकर्ताबाट उक्त रूपैया असुली भएको महाशाखाले जनाएको हाे ।

उपत्यकाका तीन जिल्लाबाट मादक पदार्थ सेवन गरी कारबाहीमा पर्नेबाट २३ करोड ९० लाखको हाराहारीमा जरिवाना असुली भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले बताएका छन् । उनले उपत्यकामा मादक पदार्थ सेवन अभियान उपलब्धिमूलक रहेको दाबी गरेका छन् ।

कारबाहीमा परेकाहरूबाट एक हजारको दरले जरिवाना असुल गरिएको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न ठाउँमा चेकजाँचमा तीव्रता दिएपछि संख्यात्मक रूपमा मादक पदार्थ सेवनकर्ता कारबाहीमा परेका छन् । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरबाट ६ वर्षको अवधिमा लगभग २३ लाख ६० हजार जना कारबाहीमा परेको डिआइजी खनालले जानकारी दिएका छन् ।

डिआइजी खनालले मादक पदार्थ सेवन नियन्त्रण अभियानमा कडाइ गरेपछि मादक पदार्थको सेवन गरेर सवारी चलाउनेको संख्या घटेकोे बताएका छन् ।

 


प्रतिक्रिया

ताजा खबर

More