उपराष्ट्रपतिद्वारा एक महिनाको तलब बाढीपीडितलाई

प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार १९:०९


काठमाडौं, भाद्र २५ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले हालैको प्राकृतिक प्रकोपबाट प्रभावित तथा बाढीपीडित व्यक्तिको सहयोगार्थ यहीँ भाद्र महिनाको सम्पूर्ण तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्नुभएको छ ।

त्यसैगरी, उपराष्ट्रपतिको कार्यालयका सचिवलगायत सम्पूर्ण कर्मचारी (उपराष्ट्रपतिको सल्लाहकार समूहसमेत) का तर्फबाट पनि कोषमा एक लाख ३२ हजार तीन सय ८८ रुपैयाँ ६१ पैसा जम्मा गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More