अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी हल बनाउन उपराष्ट्रपतिको ध्यानाकर्षण

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहीबार ०७:३३


काठमाडौं, चैत्र २८ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले राजधानी काठमाडौंमा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी हल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उपराष्ट्रपति पुनले प्रदर्शनीका लागि हलको व्यवस्था नभएको उल्लेख गर्दै काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको र जिल्ला–जिल्लामा पनि प्रदर्शनी हलको व्यवस्था हुने गरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएका छन् ।

बुधबारबाट ललितपुरको नःटोलस्थित मदन स्मारक माध्यामिक विद्यालयको प्राङ्गणमा सुरु भएको ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उनले भृकुटीमण्डपमा भएको प्रदर्शनी हल पुरानो भइसक्दा पनि नयाँ प्रर्दशनी हलको व्यवस्था गर्न नसक्नु मुलुकको लागि लाजमर्दो विषय भएको बताएका हुन् ।

उपराष्ट्रपति पुनले देशको समृद्धि र विकासको बाधकको रूपमा रहेको भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्ष एकताबद्ध भएर पहल गर्न आवश्यक रहेकोमा जोडसमेत दिए ।

कार्यक्रममा बोल्दै ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुरको कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको स्पष्ट पारेका छन् । पाँच दिनसम्म चल्ने मेलामा ललितपुरका हस्तकलाका सामाग्रीहरूलाई विशेष आकर्षणको रूपमा राखिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सप्तरीमा भीषण आगलागी हुँदा सयभन्दा बढी घर जलेर नष्ट, तीब्र गतिकाे हावाका कारण ठूलाे क्षति

काठमाडाैं, बैशाख १८ । सप्तरीको महादेवा गाउँपालिकामा भीषण आगलागी भएको छ । उक्त आगलागीबाट एक.....