कीर्तिपुर कुनै व्यक्ति विशेषको यथार्थता होइन

– प्रशान्त महासागर
जीवनमा सबैको आ–आफ्नै दृष्टिकोण हुन्छन् । र, विचार पनि । विचारकै कारण रत्नाकार डाँकु वाल्मिकी बने । रामायण रचे । अपराधिक मनुष्य ज्ञानकै ज्ञाता बने । यो एक सोच र अर्को दृष्टिकोण नै हो । मिलेको मिल्ने पच्ने यथार्थताहरू हुन्, जुन आजभोलि हामीबाट हराएर गएको छ । मणि हराएको नाग झैँ मनुष्य आफैँमा बोझ बन्न गएको छ । तर, पनि आफ्नो र मेरो भन्ने सोच र ज्ञानका कुरा कसले कति त्याग्दा निष्कर्ष सही र यथार्थता पाउने हुन् बुझ्नुपर्छ सबैले । अहम् कारण बिर्सेका छन् । जसले गर्दा समस्या झन् विकराल हुन पुग्न सामान्य सबैलाई लागेका छन् । फलस्वरूप झूठा कुराहरूले वास्तविक रूप, सिङ्गारका साथ धारण गरेका छन् । बाजागाजा बजाएरै गलत कुराहरूले स्वागतार्थ सम्मान पनि हासिल गरेका छन् । कुरा हुन् त इतिहासको हो, तर पनि मिल्नुपर्ने कुराहरू नमिलेकै यथार्थताले गर्दा मैले केही लेख्ने कोशिस गरेको हुँ । यसमा यो मेरो नितान्त कुरा मात्र हुनसक्छ मिल्नुपर्छ त भन्दिन तर, नमिलेको कुरा मिलाउन बाँकी धेरै यथार्थताहरू छन् जुन सही गर्नुपर्छ मेरो सबैमा अपिल छ ।
मेरो अर्थात हाम्रो कीर्तिपुर जसलाई म बारम्बार भन्ने गर्छु कि उपत्यकामा मानव बस्ती सुरुवातको आदि थलो जसको प्रमाण भनेकै चोखो पवित्र ग्वा पुखू अर्थात ग्वालाहरूको पोखरी जुन गर्भभित्र लुप्त भएको छ । तर, त्यसको निशानी स्वरूप लाखे पाः अर्थात राक्षसको आहार बन्न जाने प्रथा जुन बकाशुर सम्झौता हो यथावत चलिरहेकै छ । त्यसको भोलिपल्टको सिन्दुर जात्रा हाल सात गाउँले जात्रा नामले चलिरहेकै छ । मेले यो कुरालाई नराम्रो भन्न खोजेको वा चल्नु हुन्न भनेको पनि होइन । सुरुमा जो जसले जे उद्देश्यले चलाएको वा चलि आएको भए पनि पछिल्लो समयमा त्यसलाई एक आर्थिक वर्षको रूप दिन खोज्दै नाम फेरेर भए पनि चलाएकै छ । यो गर्वको विषय हो । तर, त्यो गर्वको विषयलाई यथावत चलाउँदै हामी अघि बढ्दा हामीले हाम्रो जननी जनाउने कुरा सिन्धु सभ्यता झैँ लाग्ने ग्वा पुखू मास्नु हुन्थ्यो ? कुरा आवाज हाम्रो यसमा कहिल्यै उठेन । मेरो लागि त्यो दुःखको विषय मात्र होइन आफैँलाई थुक्दै रमाउने कुनै यथार्थता नै हो ।
अर्को पानीको सवालमा, सिधैँ ढल बनाई पोखरीमा भण्डारण गरी सिँचाईलगायत पिउने अनि कामकाज भनी बनाई व्यवस्थित कुराहरू पनि हामीले आफ्नो स्वार्थ अनुरूप मास्दै गयौँ । र, लगभग सबै पोखरीमा कलेजलगायत स्वयम् नगरपालिकाकै भवन निर्माण सम्पन्न भयो । साथै सार्वजनिक जग्गा स्कूल तथा अस्पतालकै नाममा हस्तान्तरण गर्दै हामी कीर्तिपुरेहरू सुकुम्बासी बन्दै गई रह्यौँ । र, बीचमा केही कुरालाई अगाडि सारेर व्यक्ति सुकुम्बासीहरू पनि धेरै जन्मिए । यो हर्ष विष्मात दुबै हुन् । तर, हाम्रो नैतिकताले हामीले कीर्तिपुरमाथि कतिको जय गरेका छौँ सोच्ने काम हामीबाट कहिँल्यै किन गर्नुपर्छ मनन् भएनन् ?
र, अर्को दुःखदायी यथार्थता भनेको कुनै जातको यहाँ व्यवस्थित परिवारहरू थिए त्यसमाथि आक्रमण गरेर अर्को जात सभ्यता कब्जा जनाए । कोही जिते कोही हार्दै जाने क्रममा कीर्तिपुर पनि कुनै अर्को देश पाटनको अधिनमा पर्न गएको सबैलाई ज्ञातै होला जुन मान्नु र नमान्नु त्यो आ–आफ्नो विचार अनि दृष्टिकोण हुन् । कीर्तिपुरको गल्छे अवस्थित प्यंगः थाँ अर्थात चार वटा खम्बा भएको ठाउँ जहाँ कुनै बेला भगवान् मानिएको सहकालको देवता रातो मच्छिन्द्रनाथको “ख्यालि वःगु” वा प्रेम गर्न आउने ठाउँ हो र कीर्तिपुरहरूको तिरोतिरानको अनेक कार्यहरू पाटनमै हुने हुनाले पृथ्वीनारायण शाहले जित्नु पूर्व हामी कीर्तिपुरेहरू पाटनको गुलाम थियौँ । कीर्तिपुर, पाटनको एक उपनिवेशकै रूपमा म मनन् गर्दछु । यसमा कसैले चित्त दुखाउने पर्ने कुरा छैन । सत्य स्वीकार्नु नै रत्नाकारबाट वाल्मिकी बन्नु हो । र पछि पृथ्वीनारायण शाहले जितेपछिको इतिहासमा हामीमाथि ज्यादति भएको चर्चा धेरै भएको हामीले पायौँ । तर, नमिलेका तथ्याङ्कहरूलाई मिलाउनुपर्छ हामीलाई नलाग्नुको मुख्य कारण म अझैँ बुझ्न सक्षम हुन सकेको छैन । किन सधैँ अरूले जस्तो लेख्यो त्यस्तै झूठै भए पनि स्वीकार्नु पर्छ भन्ने हाम्रो मानसिकता रह्यो ? कि हामी इतिहासको दासै हो त ? यदि हो भने हाम्रो ग्वा पुखू खोई त ? पशुपतिको उत्खनन् कीर्तिपुरबाटै भएको भन्ने चर्चाले किन जीवन्त रूप लिन सकेनन् ? के हामीले १२ वर्षसम्म पृथ्वीनारायण शाहसँग लडेको होइन र ? किन हामीसँग हाम्रा पूर्खाको जस्तो आलो तातो छैन र ? हुनत समय निक्कै अगाडि बढिसकेको छ । ती प्रश्नहरूको जवाफ सायद जायज नहुन सक्छ तर, पनि एउटा कुरा यहाँनिर गर्नैपर्ने हुन्छ । त्यो के भन्दा हालै कीर्तिपुरमा राख्न खोजेको ८६५ किलोको घण्टा जसको अर्थ भनेकै पृथ्वीनारायण शाहले युद्ध जितेपछि ८६५ जना मान्छेको नाक, कान र ओठ काटेको सम्झना स्वरूप भनिएको छ । खुसीको कुरा हो, सम्मान स्वरूप सम्झना हो । त्यो सबैको गर्वको विषय हो । तर, के त्यो कार्य एक व्यक्तिको खर्च मूर्तरूप दिँदा कालान्तरपछि हिजो हुँदै हाम्रा सन्ततीहरू भोलिमा आफ्नै दुनियाँमा हुँदा त्यो कुरा इतिहासको रूपमा परिणत भई दिँदा त्यसको अध्ययन र अध्यापनको स्वरूप कस्तो हुन्छ आज हामीले सोच्ने कि नसोच्ने ? कि सधैँ नमिलेकै कुरालाई त्यो भनेको ८६५ जना मान्छेको नाक, कान र ओठको तौल १७ धार्नी हुन्न भन्ने एक थरी रहे जस्तै वा हुन्छ भन्ने कुनै झूठो आलेख जस्तै हामीले अगाडि लाग्ने यो हामीले बुझ्नुपर्ने नितान्त आवश्यक कुरा हुन् । र, इतिहास पढेकाहरूले आफ्नो तर्क राख्न अरूको, यो यस्तोको भन्ने विवादित कुराहरू गर्छन् ।
तर, त्यस्ताहरूले यति सोच्नु आवश्यक छ कि प्रत्येक २५ वर्षमा जनसंख्या दोब्बर हुन्छ भनी सकेपछि हो वा होइन मनन् पनि नगरी गलत भन्नु मलाई इतिहासमा जे लेखिएको छ त्यही नै सही हो । म त लगाम लगाएको घोडा जस्तै हुँ म केही जान्दिन सोच्न पनि नसक्नु हो । तर, प्रत्येक २५ वर्षमा समकालीन अर्थशास्त्री टमस माल्थसको सिद्धान्तअनुसार जनसंख्या दोब्बर हुन्छ भन्ने कथन मेरो जीवनमा शत प्रतिशत नै मिल्छ । म २५ वर्षको हुँदा मेरो परिवारमा सात जना छन् हाल १५ जनाको परिवार बनेको छ । र, मेरो मात्र एकल कुरालाई मान्ने हो भने म २६ को हुँदा बिहे पश्चात् दुई जना भएँ भने ५० को हुँदा हामी छोराछारीसहित चार जनाको परिवार भयौँ । यो भन्नु उक्त अर्थशास्त्रीको सिद्धान्त मिल्छ भन्दै त्यतिबेला कीर्तिपुरको जनसंख्या लगभग २,२५० जनाको हुनुपर्छ भन्ने अनुमान साथ वृद्ध, महिला र बालबालिकाहरूको संख्या घटाएर एक चौथाई युद्ध योग्य हुनुपर्छ जुन ५६२ वा दुई चार वा पाँच दश नै कम बढी पनि हुन सक्छन् त्यो बेग्लै कुरा हो । तर, काटिएका नाक, कान र ओठको तौलको आधारमा जुन १७ धार्नी भनिएको ८९ दशमलव ६७७ पाउण्ड हुन्छ । जबकि ८६५ जना मानिसको नाकको तौल १२ धार्नी एक सय छ तोला हुन्छ वि.सं. १८९८ एक स्थानीयले बनाएको टिपोटमा उल्लेख थियो । त्यस्तै वि.सं. १८३५ सालमा बुद्धिमान सिंह बस्नेतले बनाएको अर्को टिपोटमा १७ धार्नी १०० लेखिएको थियो । र, एक व्यक्तिको नाक, कान र ओठको २५ ग्राम नै मान्ने हो भने पनि एक धार्नी बराबर २ दशमलव ३९३ किलोग्रामको हिसाबले १७ धार्नी बराबर ४० दशमलव ६८१ किलोग्राम हुन आउँछ जसको सरासर जुन नाक, कान र ओठ काटिएको सत्य हो भने त्यसको जनसंख्या १६२७ लगभग हुनुपर्छ । र, त्यतिबेलाको कूल जनसंख्या ६६०८ हुनुपर्छ । र, ८६५ जनाको नाक, कान र ओठ काटिएको मान्दै आएका हामी कीर्तिपुरेहरूले तौलको फरकको आधारमा संख्या फरक छन् किन मान्न वा भन्न जानेनौँ ? होइन संख्यासँग हामीलाई कुनै मतलब छैन कतै ८६५ लेखिएको थियो त्यसकारण त्यही नै सही हो, सच्याउनु आवश्यक छैन सोच्नु कीर्तिपुरको अर्को इतिहास निर्माणमा एक्लो व्यक्तिको योगदान सही र सत्य लाग्नु कुनै पीडा कीर्तिपुरेहरूको लागि हुने छैन । र, एउटा कुरा कीर्तिपुरेहरूले के बुझ्नु आवश्यक छ त भन्दाखेरी भाषा जुनसुकै भए पनि ‘वान’ को अर्थ एक नै जनाउने, देखाउने यथार्थता हो । दुई वा नमिल्ने अरू अन्य हुन्न ।
अन्तमा, कीर्तिपुर बहुमूल्य इतिहासको भएको स्थान हो । त्यो सत्य पूर्वक उत्खनन् वा जगेर्ना हुनुपर्छ । व्यक्ति विशेषको सोच अनुरूप कुनै इतिहास रच्ने गर्दा राजनीतिक कुराहरू हुनसक्छ । जस्तै एउटा सानो कुरा युद्ध पार्क कसले बनाएको भन्ने कुरामा कीर्तिपुरेहरूको नाम आउनु भन्दा नि पहिले सहयोग गर्ने काठमाडौं महानगरपालिकाकै नाम शिलापत्र हुन्छ भने उद्घाटन गर्ने व्यक्ति नै मुख्य भोलिको इतिहासमा दर्ता हुन जान्छ । यो कुरा हामी कीर्तिपुरेहरूले बिर्सियौँ । साथै अनेक इतिहास मास्दै नयाँ बनाउनेतिर मात्र लाग्यौँ जबकि पुरानो मात्र संरक्षण गर्ने हो भने पनि कीर्तिपुर समृद्धिको बाटोमा पहिँल्यै कहाँ सक्यो होला जबकि उपत्यकाको जन्मदाता कीर्तिपुर नै हो । कुरा नपच्न सक्छ तर, सत्यताले त्यही कुरालाई ऊजागर गर्छ जुन हामी कीर्तिपुरेहरूको सोचमा आएको कमी या भनौँ कसैले राजनीतिक रूपमा खण्डित बनाएको यथार्थता नबुझेको मात्र हो । त्यसैले सर्वप्रथम कसरी हुन्छ मिलाउन सक्ने इतिहास मिलाएर हामी अघि बढ्दा एक्लो व्यक्तिको सहयोगमा इतिहास रच्नु पर्ने बाध्यताको दास हामी हुने छैनौँ । यो मेरो सोच हो । मिल्ने, मिलाउन सक्ने कुरा मिलाएर मात्र इतिहासको अर्को पन्ना लेखौँ ।
प्रतिक्रिया