चट्याङ लागेर वडा सदस्यका उम्मेदवारको मृत्यु

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलवार ११:२९


चितवन, बैशाख २६ ।
चितवन जिल्लाको कालिका नगरपालिका–११, खोलागाउँका नेकपा(माओवादी केन्द्र)का तर्फबाट वडा सदस्यका उम्मेदवार ३९ वर्षीय सिफल प्रजाको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ ।

आज बिहान करिब ३ः३० बजे चट्याङ परेका बेला बेहोस भएका प्रजालाई उपचारका लागि बिहान ६ बजे कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ परेपछि हृदयाघात भएर प्रजाको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान लगाएको  छ । उनको शरीरमा कुनै चोटपटक नभेटिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....