झाक्री प्रकाश भुजेललाई जिल्ला अदालत काठमाडाैंबाट ५ दिन म्याद थप

प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहीबार १७:२५


काठमाडाैं, कार्तिक २९ ।
झाक्री भनेर चिनिएका प्रकाश भुजेललाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरिएकाे छ ।

काठमाडौंको शंखरापुर नगरपालिका-९ स्थित ब्रम्हखेलमा झाक्री भनेर चिनिएका भुजेलले चलाएको ल्याण्ड क्रुजर जिपको ठक्करबाट बुधबार एक जनाको मृत्यु भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । साेही दुर्घटनामा एक जना घाइतेकाे अस्पतालमा उपचार जारी रहेकाे छ ।

भुजेलविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....