नेप्से परिसूचक करिब १४ अंकले वृद्धि
काठमाडाैं, कार्तिक २९ ।
आज बिहीबार नेप्से परिसूचक करिब १४ अंकले वृद्धि भएकाे छ । आज नेप्से १३ दशमलव ९५ अंकले बढेर २७४८ दशमलव ७८ बिन्दुमा बन्द भएको छ ।
आज कूल ३ सय २१ कम्पनीका २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ३२ करोड ३ लाख बराबरको कारोबार भएको थियो ।
आज गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवा खोलाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, आज रावा इनर्जीको शेयर मूल्यमा सबैभन्दा बढी ९ दशमलव १२ प्रतिशतको गिरावट देखिएको छ ।
त्यस्तै, आज सबैभन्दा बढी जानकी फाइनान्सको ३५ करोड २४ लाख ९९ हजार बराबरको कारोबार भएको छ भने ग्रीनलाइफ हाइड्रोको सबैभन्दा बढी ७ लाख ३४ हजार ६९३ कित्ता शेयर कारोबार भएको छ ।
प्रतिक्रिया