यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल पहिलाे पटक विश्वकपमा छनाेट

प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार १८:०८


काठमाडाैं, कार्तिक २८ ।
युनाइटेड अरब इमिरेट्स (यूएई) लाई हराउँदै नेपालले आईसीसी यू-१९ महिला विश्व कपका लागि छनोट भएको छ ।

यूएईको अजमानमा आज बुधबार भएको खेलमा घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेशियामा हुनेछ ।

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । सन् २०२३ मा भएको विश्वकपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।

नेपालको जितमा ओपनर साना प्रविनले ४२ बलमा सर्वाधिक नट आउट ३५ तथा कप्तान पुजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् । ओपनर साबित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रिनले १९ बलमा नट आउट १३ रन जोडिन् ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको योगफल तयार गरेको थियो । नेपालले विश्वकपमा छनोट हुन यो लक्ष्य १६ दशमलव २ ओभरमा पूरा गरे पुग्ने समिकरण रहेको थियो ।

यूएईका लागि कप्तान समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१ , रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन जोडिन् । एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितिमा रहेको यूएईले २४ रन जोड्दा ७ विकेट गुमायो ।

नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । कप्तान पुजा महतोले ४ ओभरमा मात्र ११ रन खर्चेर उत्कृष्ट बलिङ गरिन् ।

यू-१९ टी ट्वान्टी विश्वकप आगामी वर्षको १८ जनवरीदेखि २ फेब्रुवरीसम्म मलेशियामा आयोजना हुँदैछ । नेपाल विश्वकपमा समूह ‘डी’ मा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ । विश्वकपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

काठमाडाैंकाे गाेकर्णेश्वरमा एकै परिवारका आमा, छाेरी र दुई महिने छाेरा मृत अवस्थामा फेला

काठमाडाैं, कार्तिक २९ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३, गाम्छामा एकै परिवारका तीन जना.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....