अमेरिका पठाइदिने प्रलाेभनमा पारेर ठगी अभियाेगमा फिल्मकर्मी ऋचा घिमिरे र उनका पतिविरुद्ध प्रहरीमा उजुरी

प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार १८:४६


काठमाडाैं, कार्तिक २८ ।
फिल्म ‘तेल भिसा’को प्रदर्शनको तयारीमा रहेका फिल्मकर्मी जोडी ऋचा घिमिरे र उनका पति शंकर घिमिरेविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

अमेरिका पठाइदिने प्रलोभनमा पारेर एक व्यक्तिबाट १ करोड २२ लाख रुपैयाँ लिएर ठगी गरेको उनीहरूमाथि आरोप लागेकाे छ ।

काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा ती व्यक्तिले आज बुधबार जाहेरी दिएका हुन् । तर, उजुरी दिने व्यक्तिको विषयमा भने प्रहरीले केही खुलाएको छैन ।

यद्यपि, कतिपयले उजुरीको व्यहोराको पत्र सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन् । साथै घिमिरे दम्पतीले पनि यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

लामो समय अमेरिका बसेर नेपाल आएका घिमिरे दम्पती भने यतिबेला नयाँ फिल्म ‘तेल भिसा’ प्रदर्शनको तयारी र प्रचार-प्रसारमा व्यस्त रहेका छन् । शंकर निर्देशक र ऋचा अभिनेत्री रहेको उक्त फिल्म मंसिर ७ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।

यही फिल्मका लागि अमेरिकाबाट सुशील क्षेत्री पनि नेपाल आएका छन् । उक्त फिल्ममा ऋचासहित विपिन कार्की, वर्षा कार्कीलगायतका कलाकारहरूकाे अभिनय रहेकाे छ ।


प्रतिक्रिया


ताजा खबर

More

काठमाडाैंकाे गाेकर्णेश्वरमा एकै परिवारका आमा, छाेरी र दुई महिने छाेरा मृत अवस्थामा फेला

काठमाडाैं, कार्तिक २९ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३, गाम्छामा एकै परिवारका तीन जना.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....