भक्तपुरमा मृत भेटिएकी ९४ वर्षीया त्वयनाकाे हत्या भएकाे प्रहरीकाे निश्कर्ष

प्रकाशित मिति: २९ कार्तिक २०८१, बिहीबार १८:१८


काठमाडाैं, कार्तिक २९ ।
भक्तपुर नगरपालिकामा मृत भेटिएकी वृद्धाको हत्या भएको प्रहरीले निश्कर्ष निकालेको छ ।

भक्तपुर नगरपालिका-३ दरबार स्क्वायर इचुगल्ली बस्ने ९४ वर्षीया विष्णुकुमारी त्वयनाको शव बुधबार साँझ ५ बजे दुबै हात र खुट्टा बाँधिएको अवस्थामा फेला पारेको थियो ।

वृद्धा माटो र इँटाले बनेको पुरानो ५ तले घरमा एक्लै बस्दै आएकी थिइन् । उक्त घरका कोठाहरूमा थान्का बनाउने, मासु पसल र तरकारी पसलका लागि भाडामा समेत दिइएको थियो ।

वृद्धाका छोराछोरी सूर्यविनायकमा बस्ने गरेको पाइएको प्रहरीको जनाएकाे छ । वृद्धा एक्लै ५ तले घरमा तलमाथि गर्ने, खाना बनाउनेलगायत आफ्नो काम आफैँ गर्दै आएकी थिइन् ।

उनीसँग के कति नगद तथा गरगहना थियो भन्ने यकिन हुन सकेको छैन । ‘लुटपाटका लागि हत्या भएको हो कि भनेर अनुसन्धान अघि बढाएका छौँ । तर उनीसँग नगद तथा सुन के-कति थियो भन्ने केही यकिन हुन सकेको छैन’ भक्तपुरका एक प्रहरी अधिकृतले बताएका छन् ।

भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले तालिम प्राप्त कुकुरसमेत परिचालन गरेर अनुसन्धान गर्दा पनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको बताएका छन् ।

शव पोष्टमार्टमका लागि भक्तपुर दुवाकोटको काठमाडौं मेडिकल कलेजमा पठाइएको छ ।

वृद्धाको शरीरमा चोटपटक नदेखिएकाले मुखमा कपडा कोचेर सास फेर्न नदिई हत्या गरिएको आशंका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

घुस लिएकाे अभियाेगमा नेपाल बैंकका तत्कालीन अध्यक्षसहित पाँचविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडाैं, जेठ २७ । घुस लिएको अभियाेगमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष.....