करेन्ट लागेर मृत्यु
नुवाकोट, बैशाख २६ ।
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–४, डाँडाखर्कमा आज बिहान करेन्ट लागेर ५० वर्षीय अविलास सुवेदीको मृत्यु भएको छ ।
गत राति आएको हावाहुरीले चुँडिएको विद्युतीय तारबाट करेन्ट लागेर मृत्यु भएको हो ।
बिहान दूध लिएर डेरीतर्फ जाँदै गरेका सुवेदीको घरबाट करिब ५० मिटरको दूरीमा हुरीले चुँडालिएकोे तारमा छोएर करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जनाएको छ ।
प्रतिक्रिया