ढल व्यवस्थापन नभएकाले जनकपुर जलमग्न
जनकपुर, बैशाख २६ ।
जनकपुर उप–महानगरपालिकामा आज बिहानैदेखि परिरहेको पानीले गर्दा अधिकांश क्षेत्र जलमग्न भएको छ ।
हावाहुरीसँगै बिहान ५ बजेदेखि पर्न थालेको पानीले बाह्रबिघा, जनकपुर अञ्चल अस्पताल, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको जनाएको छ ।
एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन नगरेका कारण पानीको निकास हुन नसकेर नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन् ।
प्रतिक्रिया