चुनाव नजिकिँदै गर्दा सामाजिक सञ्जालमा आयोगको निगरानी

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलवार १५:२४


काठमाडौं, बैशाख २६ ।
सामाजिक सञ्जालमा निर्वाचनका बारेमा कतै तपाईंले आचारसंहिता विपरित काम त गर्नुभएको छैन ? सचेत हुनुहोस् निर्वाचन आयोगको कारबाहीमा पर्नु होला । निर्वाचन आयोगले सामाजिक सञ्जालको निगरानी बढाएको छ ।

निर्वाचन आयोगले आफूले सर्मथन गरेको पार्टीको पक्षमा भोट दिलाउन र आफ्ना विरोधीलाई बदनाम गराउन सामाजिक सञ्जालको दुरुपयोग हुन थालेपछि अनुगमन तथा निगरानी बढाएको छ ।

पहिलो चरणको चुनाव आउन अब पाँच दिन मात्र बाँकी छ । स्थानीय तहको निर्वाचन जति नजिकिदै छ त्यति नै विभिन्न दलहरूको पक्ष, विपक्षमा लेखिएका पोष्टहरूले सामाजिक सञ्जाल भरिभराउँ भएको छ ।

राजनीतिक दल, सञ्चार माध्यमलाई मात्रै होइन सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि निर्वाचन आचारसंहिता लाग्ने आयोगले जनाएको छ । फेसबुक, ट्विटर, भाइबर, इमोजस्ता सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति चुनावी प्रचार प्रसारमा लागेका छन् । निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगले निगरानी थालेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....