गहुँ उत्पादनमा अत्याधिक वृद्धि

प्रकाशित मिति: २७ बैशाख २०७४, बुधबार १५:०५


सप्तरी, बैशाख २७ ।
सप्तरी जिल्लामा गत वर्षको तुलनामा यसवर्ष गहुँ उत्पादनमा अत्यधिक मात्रामा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

यस  वर्ष २५ हजार हेक्टर जमिनमा गहुँ बाली लगाइएकोमा ५० हजार मेट्रिक टन गहँु उत्पादन भएको अनुमान गरिएको छ ।
जिल्लामा कुल ७० हजार हेक्टर जमिनमा गहुँ उत्पादन हुने गरेकामा यसवर्ष २५ हजार हेक्टरमा मात्र गहुँ उत्पादन भएको सो कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

गतवर्ष प्रति हेक्टर गहुँ उत्पादन १.८ मेट्रिक टन रहेकोमा यस वर्ष मौसम अनुकूल भएकाले प्रतिहेक्टर दुई मेक्ट्रिक टन गहुँ उत्पादन भएको बताइएको छ । गत वर्ष २५ हजार हेक्टर जमिनमा ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालय प्रमुख भगिरथ यादवले बताएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....