निर्वाचनका लागि उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि

प्रकाशित मिति: २७ बैशाख २०७४, बुधबार १६:३६


काठमाडौं, बैशाख २७ ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिर जानेको सङ्ख्यामा वृद्धि भएको छ ।

करिब दुई दशक पछाडि यहीँ बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो मत प्रयोग गर्ने काठमाडौं छाड्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले दिएको जानकारीअनुसार अरू समयको तुलनामा दैनिक पाँचदेखि सात हजार मानिस बाहिरिएका छन् ।

उनले अरू समयमा दैनिक ७० हजार यात्रु उपत्यकाबाट बाहिर जान्छन् भने दुई तीन दिनदेखि ७५ देखि ८० हजार सङ्ख्यामा बाहिर गइरहेका छन् ।

दुई चरणमा तोकिएको निर्वाचनमध्ये पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशको ३४ जिल्लाको दुई सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । महाशाखाले थानकोट, शिवपुरी, जगाती, दक्षिणकाली नाकाबाट बढी मात्रामा यात्रु बाहिरिएको जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....