सञ्चारमन्त्रीद्वारा पत्रकार शाक्यप्रति श्रद्धाञ्जलि

प्रकाशित मिति: २७ बैशाख २०७४, बुधबार १८:१६


काठमाडौं, बैशाख २७ ।
ललितपुर जिल्ला शाखाका संस्थापक अध्यक्ष धर्मरत्न शाक्यको आज दाहसंस्कार गरिएको छ । मंगलबार निधन भएका शाक्यको आज ललितपुरको शङ्खमूलस्थित घाटमा अन्तिम दाहसंस्कार गरिएको नेपाल पत्रकार महासङ्घका सचिव धु्रव लम्सालले जानकारी दिएका छन् ।

दाहसंस्कारमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्ट, महासचिव उजिर मगरलगायत पत्रकारले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्ट र महासङ्घ ललितपुर शाखा अध्यक्ष ज्ञानप्रसाद पौडेलले स्व. शाक्यको पार्थिव शरीरमा महासङ्घको झन्डा ओडाई सम्मान प्रकट गरेका थिए । उनको पार्थिक शरीरलाई जेठा छोरा महेश शाक्यले दागबत्ती दिएका थिए ।

यस्तै महासङ्घले ललितपुर जिल्ला शाखाका संस्थापक अध्यक्ष पत्रकार धर्मरत्न शाक्यको निधनले व्यावसायिक पत्रकार र महासङ्घले सक्रिय अभिभावक गुमाएको जनाएको छ ।

महासङ्घका सचिव धु्रव लम्सालले आज विज्ञप्ति निकाल्दै नेपाली पत्रकारिता जगत्ले एक सिद्धान्तनिष्ठ पत्रकार गुमाएको उल्लेख गरेको छ ।
छयासी वर्षीय शाक्यको आफ्नै निवास पाटनढोकामा निधन भएको थियो । वि.सं २००६ देखि पत्रकारिता गर्दै आएका आएका शाक्य २०४९ देखि २०५३ सम्म महासङ्घ ललितपुर शाखा अध्यक्ष हुनुहुन्छ ।

उनले नेवारी भाषाको पत्रिका ‘राजमती’ को सम्पादक र प्रकाशक गरेका थिए । ‘राजमती’ मा छापिएको गाइजात्रे कार्टुन भारती पत्रिकामा साभार गरी प्रकाशन गरेपछि तत्कालीन राणा सरकारले शाक्यलाई पक्राउ गरी केही समय थुनामा राखेको थियो ।

शाक्य वि.सं २००७ को आन्दोलनमा पनि सहभागी हुनुहुन्छ । त्यतिबेला रक्षा मण्डलमा आबद्ध रहेका थिए ।

प्रजातन्त्रपछि नेपाल सरकारको स्थानीय विकास अधिकृत भएर निजामती सेवामा काम गरेका शाक्यले केही समय तथ्याङ्क विभागमा पनि करारमा काम गरेका थिए ।

नेपाली कांग्रेसका सक्रिय सदस्यका रूपमा रहेका शाक्य २०४६ सालपछि पार्टीसँग असन्तुष्टि भई निस्क्रिय भएका थिए । पछिल्लोपटक शाक्य ‘नेपाल भाषा मङ्काः खलः’ नामक संस्थाको सल्लाहकार पदमा रही नेपाल भाषा उत्थानमा लागेका थिए । स्व. शाक्यका तीन छोरा छन् ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....