थापा र गच्छदारले छुटायो नेपाल प्रहरीले समातेका गुण्डाहरू
काठमाडौं, बैशाख २८ ।
आसन्न स्थानीय तहको निर्वाचनको क्रममा विभिन्न राजनीतिक दल र उम्मेदवारले अपराधिक गतिविधिमा संलग्न गिरोहका व्यक्तिहरूलाई प्रयोग गरी शान्ति सुव्यवस्थामा खलल् पु¥याउन सक्नेतर्फ ध्यान दिँदै प्रहरीले गएको दुई साताभित्र ५० भन्दा बढी व्यक्ति पक्राउ गरिसकेका छन् ।
अहिले टेकुस्थित महानगरीय प्रहरी परिसरको हिरासतमा मुस्किलले पाँच आरोप मात्र छन् । अधिकांशलाई उच्च राजनीतिक दबाबमा छाडिएको एक अधिकृतले बताए ।
गत साता साजन महर्जन पक्राउ परे । स्वास्थ्यमन्त्री गगन थापाले यति धेरै दबाब दिए की पाँच दिनका लागि म्याद थपिएका साजन दुई दिनमै छुटे । महाराजगञ्ज चक्रपथबाट चक्रेका भाई तेजेन्द्र समातिए ।
उनी म्याद थपिन नपाई चार घण्टामै घर फर्किए । दीपक मनाङ्गेलाई छुटाउन पशुपति शमशेर र किशोरसिंह राठौरले जतिसुकै दबाब दिए पनि सफल भएका छैनन् । सोमबार साँझ सरकारमा सहभागी भएका विजय गच्छदारको दबाबमा सञ्जीव लामा (स्याल) पनि छुटेका छन् ।
प्रतिक्रिया