राप्रपा नेताको घर अगाडि सिलिण्डर बम विस्फोट
भक्तपुर, बैशाख २९ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा अज्ञात समूहले आज बिहान सिलिण्डर बम विस्फोट गराएको छ ।
दुवाकोटको काठमाडौं मेडिकल कलेजनजिकै राप्रपाका नेता माधव खत्रीको घरअगाडि बिहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिण्डर बम विस्फोट भएको खत्रीले जानकारी दिएका छन् ।
बम विस्फोट हुँदा खत्रीको घरका आठवटा झ्यालको सिसा र पुष्प प्रधानाङ्गको घरको चारवटा झ्यालको सिसा फुटेको महानगरीय प्रहरी वृत्त, थिमिले जानकारी दिएको छ ।
प्रहरीले अनुसन्धान सुरु गरी घटनामा संलग्नको खोजी कार्य भईरहेको प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिएका छन् ।
यसअघि बुधबार राति १२ बजे लोकन्थलीमा पनि सिलिण्डर बम विस्फोट गराउने तयारी गरेको थाहा भएपछि नेपाली सेनाको टोलीले निष्क्रिय गरेको थियो ।
प्रतिक्रिया