नेपाल–भारत सीमा अन्तर्गत प्रदेश नं ४ मा त्रिवेणी नाकामात्र बन्द

प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार १२:५६


नवलपरासी, बैैशाख २९ ।
स्थानीय तहको निर्वाचनका लागि सुरक्षा दिन नेपाल–भारत सीमा नवलपरासीमा पर्ने प्रदेश नं ४ अन्तर्गत त्रिवेणी नाकामात्र बन्द गरिने भएको छ ।

निर्वाचन सुरु हुन भन्दा २४ घन्टाअघि त्रिवेणी नाका शनिबार बिहान ९ बजेबाट बन्द हुुने प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले जानकारी दिएका छन् ।

दुई देशका सुरक्षा निकायका प्रमुखको भारतको बिहारमा भएको सुरक्षा निकायको बैठकपछि सो सहमति भएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रानाकाअनुसार उक्त बैठकमा त्रिवेणी नाकामा ४८ घन्टा अघिबाट सीमा क्षेत्रमा जाँचमा कडाइ गर्ने २४ घन्टा नाका बन्द गर्ने सहमति भएको हो ।

पहिलो चरणमा नवलपरासीको प्रदेश नं ४ मात्र निर्वाचन हने भएकाले त्रिवेणी नाकालाई मात्र शिल गर्ने तयारी गरिएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....