तराई मोर्चाद्वारा सप्तरीमा प्रेसर कुकर बम विष्फोट
सप्तरी, बैशाख २९ ।
यहीँ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई बिथोल्ने हेतुले सप्तरीको राजविराजस्थित नापी कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएको छ ।
आज अपरान्ह उक्त बम विष्फोट भएको हो । विष्फोटका कारण भवनमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।
विष्फोटको जिम्मा भने जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया