निर्वाचनका समयमा होटल, रेस्टुराँ र दोहोरीसाँझ बन्द गर्न सार्वजनिक अपिल

प्रकाशित मिति: ३० बैशाख २०७४, शनिबार १२:४९


काठमाडौं, बैशाख ३० ।
स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै होटल, रेस्टुराँ तथा दोहोरी साँझ राति ८ बजेदेखि बिहान ६ बजेसम्म बन्द गर्न सार्वजनिक अपिल गरेको छ ।

रात्रिकालीन समयमा मापसे गरेर होहल्ला गर्ने प्रवृति रोक्न, अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा सार्वजनिक सुरक्षामा असर पार्ने गतिविधि हुन नदिन यसरी सार्वजनिक अपिल गरेको जनाएको छ ।

स्थानीय तहको निर्वाचन २०७४ का सन्दर्भमा शान्ति सुरक्षा प्रदान गरी भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तवरबाट निर्वाचन सम्पन्न गर्न गराउन यस्तो अपिल गरिएको हो ।

निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ को परिच्छेद २ को ५ ‘घ’ बमोजिम मौनअवधिमा पालना गर्नुपर्ने आचरण र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम भेला जम्मा हुन र भेला जम्मा भई हिँडडुल गर्न नपाइने भएकाले शान्ति सुरक्षाका लागि यस्तो आग्रह गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....