इलामका चिया बगानमा काम गर्ने मजदुर अभाव

प्रकाशित मिति: ३० बैशाख २०७४, शनिबार १३:१९


इलाम, बैैशाख ३० ।
पछिल्लो समयमा इलामका चिया बगानमा काम गर्ने मान्छेको अभाव हुँदै गइरहेको छ । चिया बगानमा मात्रै होइन अन्य खेतीबारी काम गर्ने मजदुरको पनि अभाव रहदै आएको छ ।

उचित पारिश्रमिक नपाएका कारणले गर्दा मजदुरले चियाको पत्ती टिप्न छाडेका हुन् । बढ्दो चिया बगान र वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढ्दा कृषि क्षेत्रमा काम गर्ने श्रमिक पाउन छाडेको छ ।

इलाम जिल्लाका पूर्वी भेगमा घर/घरमा चिया बगान हुनथालेपछि श्रमिकको अभाव भएको छ । खाने बस्ने सबै व्यवस्था गरेर समेत मजदुर पाउन सकेको छैन, कन्यामका काजीमान कागतेले भने । उनकाअनुसार बगान थपिदै गएपनि काम गर्ने जनशक्ति घटिरहेको छ ।

चिया रोप्नेदेखि टिप्ने र काँट–छाँटका लागि पर्याप्त जनशक्ति आवश्यक हुन्छ । बैशाखयता जिल्लामा दैनिक एक लाख किलो हरियो चियापत्ती उत्पादन भइरहेको छ । चिया किसानले यतिबेला आकर्षक पारिश्रमिकसहित कामदार खोजिरहेका छन् ।

अन्तुका इन्द्रबहादुर दर्लामी आफ्नै बगानमा दिनभर पत्ती टिप्दै आएका छन् । उनकाअनुसार चिया टिप्ने मजदुर खोज्दा कोही पाइँदैन् ।

मजदुर अभावका कारण कतिपय बगानमा हरियोपत्ती हुर्किएर जान थालेको छ । केन्द्रीय चिया सहकारी सङ्घका अनुसार अहिले जिल्लामा साना ठूला गरी ३० हजारको हाराहारीमा चिया किसान छन् ।

निजी बगानमा मात्र होइन नेपाल चिया विकास निगमअन्तर्गतका बगानमा पनि चिया श्रमिकको सङ्ख्या घट्दो रहेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....