रासायनिक मलको अभाव नहुने

प्रकाशित मिति: ३० बैशाख २०७४, शनिबार १५:४४


कैलाली, बैशाख ३० ।
कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यस वर्ष मलको अभाव नहुने बताएको छ ।

कार्यालयमा मल मौज्दात रहेको र जेठ महिनाको पहिलो साता थप मल जिल्लामा भित्रिन लागेकाले मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयका प्रमुख दुर्गा प्रसाद जोशीले जानकारी दिए ।

यस वर्ष वर्षेबालीका लागि चार सय चार मेट्रिक टन युरिया बिक्री वितरण गरेको र दुई सय ९६ मेट्रिक टन युरिया मौज्दात रहेको उनले बताए ।

त्यस्तै, पाँच सय ३२ मेट्रिक टन डिएपी बिक्री वितरण गरिएकामा सात सय २२ मेट्रिक टन मौज्दात रहेको छ । करिब २३ मेट्रिक टन पोटास बिक्री वितरण गरिएकामा तीन सय ५१ मेट्रिक टन मौज्दात रहेको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख जोशीकाअनुसार एक हजार तीन सय ६९ मेट्रिक टन मल मौज्दात रहेको जनाउको छ । कैलालीमा एक सय ९३ सहकारी मार्फत मल वितरण गरिँदै आएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....