१४ आरोहीद्वारा सगरमाथाको सफल आरोहण

प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार १७:२४


सोलुखुम्बु, जेठ १ ।
आजदेखि सगरमाथा आरोहणका लागि बाटो खुल्ला गरिएको छ । ज्यागेड ग्लोब कम्पनीका ११ जना पवर्तारोही शेर्पाको सक्रियतामा क्याम्प ४ देखि चुचुरोसम्मको बाटो निर्माण गरेसँगै आरोहणका लागि बाटो खुल्ला भएको हो । कम्पनीका पर्वतारोही शेर्पा पेमा छिरिङ शेर्पाको नेतृत्वमा गएको टोलीले बाटो निर्माण गरेको कम्पनीका सरदार शेरप शेर्पाले जानकारी दिए ।

बाटो खोलिएसँगै आज पहिलोपटक एक आरोहण दलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । यो यामको पहिलो आरोहण गर्ने टोलीमा ११ पर्वतारोही शेर्पासहित तीन ब्रिटिस गोर्खा सैनिक रहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । उनकाअनुसार आरोही समूहले आज दिउँसो १ः१५ बजेको समयमा सगरमाथाको सफल आरोहण गरेको हो । यस्तै भोलि मङ्गलबार आरोहणका लागि क्याम्प ४ मा करिब ७० जनाको समूहले तयारी गरिरहेका छन् ।

पर्यटन विभागका अनुसार यो वर्ष ४१ समूहका ३७४ जनाले सगरमाथाको आरोहण गर्दैछन् ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....