प्रभु बैंकद्वारा सुस्तःमनस्थिति बाल विद्या मन्दिरलाई फर्निचर हस्तान्तरण

प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलवार १५:०९


बुटवल, २ जेठ ।
प्रभु बैंक लिमिटेडले बुटवल उपमहानगरपालिका वडा नं ७ को दीपनगरमा रहेको सुस्तःमनस्थिति बाल विद्या मन्दिरमा आठ वटा कुर्सी र दुई वटा टेबुल हस्तान्तरण गरेको हो ।

प्रभु बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बाल विद्या मन्दिरमा फर्निचर हस्तान्तरण गरेको बैंकका बुटवलका प्रमुख गणेशबहादुर पछाइले बताएका छन् । उनले बैंकले यस प्रकारका सामाजिक कामलाई निरन्तरता दिने बताए ।

उक्त बाल विद्या मन्दिरकी अध्यक्ष मीना भुसालले यहाँका बालबालिकालाई अध्ययनसँगै हेरचाहका लागि प्राप्त फर्निचरले सहज हुने बताएका छन् । सो बाल विद्या मन्दिरमा ३५ बालबालिका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....