पोखरीमा डुबेर बालिकाको मृत्यु
सप्तरी, जेठ २ ।
राजविराज नगरपालिका–१० स्थित हरिहरपुरमा आज पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
सोही नगरपालिका बस्ने राम आशीष यादवकी ४ वर्षीया छोरी दैया कुमारी यादवको ज्यान गएको थियो । उनी घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा अचानक डुबेकी थिइन् ।
उनको उपचारका क्रममा सगरमाथा अञ्चल अस्पताल राजविराजमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया