आजदेखि फेरि मुग्लिन–नारायणगढ सडक दैनिक ६ घन्टा बन्द

प्रकाशित मिति: ४ जेष्ठ २०७४, बिहीबार १०:४६


चितवन, जेठ ४ ।
बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै बैशाख २५ देखि जेठ ३ गतेसम्म १० दिन खुल्ला गरेको चितवनको मुग्लिन–नारायणगढ सडक आजदेखि पुनः ६ घन्टा बन्द गरेर काम गर्ने भएको छ ।

उक्त आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार आजदेखि हरेक दिन विहान १० देखि ४ बजेसम्म सडक बन्द गरेर काम हुनेछ । उनले अहिलेसम्म उक्त सडक खण्डमा ४७ प्रतिशत मात्रै काम पूरा भएको जानकारी दिएका छन् ।

उक्त सडक खण्डको ३४ किमी क्षेत्रमा तीन चरणमा ६ वटा निर्माण कम्पनीले अहिले काम गरिरहेका छन् । चुनावका लागि गएका मजदुर समेत फर्किएको आयोजनाले जनाएको छ ।

उक्त सडक भएर दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए । बेलाबेलामा सुख्खा पहिरोका कारण सास्ती पाउँदै आएका यात्रुले यहाँ वर्षाका बेलामा थप सास्ती पाउँदै आएका छन् ।

अघिल्लो महिनामा यहाँ सुख्खा पहिरो खसेर दुईजनाको ज्यान गएपछि सतर्कता बढाइएको प्रहरीले जनाएको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा सडक चौडा पार्ने काम भइरहेको छ । कतिपय स्थानमा कालोपत्र गर्ने काम समेत थालिसकिएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....