सार्वजनिक स्थानमा महिला हिंसा अन्त्यको माग गर्दै प्रदर्शन

प्रकाशित मिति: ६ जेष्ठ २०७४, शनिबार ११:१७


काठमाडौं, जेठ ६ ।
सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै आज काठमाडौंमा युवाहरूले प्रदर्शन गरेका छन् ।

युथ एडभोकेसी नेपाल (यान), नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्चलगायत सङ्घ/संस्थाले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनमा करिब तीन सय युवाको सहभागिता थियो । आज बिहान माइतीघर मण्डलबाट सुरू भएको प्रदर्शनी रत्नपाकस्थित शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएको हो ।

प्रदर्शनीमा सहभागी युवाले ‘बजार क्षेत्र तथा भिडभाड हुने क्षेत्रमा सिसी क्यामेराको व्यवस्था गरी त्यसको सही अनुगमन गर्नुपर्ने, सार्वजनिक स्थानमा यथेष्ट मात्रामा सम्पूर्ण सुविधासहितको महिलामैत्री शौचालयको व्यवस्था हुनुपर्ने र सार्वजनिक स्थानमा

महिला तथा किशोरीमाथि हुने हिंसाको उजुरीका लागि उजुरी डेक्ससहित दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनीलाई सम्बोधन गर्दै यानका अध्यक्ष नरेन खतिवडाले सडक, अस्पताल, पाटीपौवा, उद्यान, कार्यालयलगायत सबैसार्वजनिकस्थल लैङ्गिकमैत्री नभएका कारण महिला तथा किशोरी असुरक्षित हुनु परेको बताएका छन् ।

महिला हिंसा अन्त्यका लागि भएका ऐन/कानुनको प्रभावकारी कार्यान्वयन गर्दै कडा कानुन निर्माण गर्नुपर्ने अध्यक्ष खतिवडाको भनाइ रहेको छ । अभियानकर्मी सञ्जय खड्काले कानुनको कार्यान्वयनसँगै जनचेतनामार्फत महिला हिंसा रोक्नुपर्ने धारणा राखेका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....