वाग्मती सफाईको २१० औं हप्तामा थापाथली पुलबाट १५ मेट्रिक टन फोहर व्यवस्थापन

प्रकाशित मिति: ६ जेष्ठ २०७४, शनिबार १४:०३


काठमाडौं, जेठ ६ ।

वाग्मती सफाइ महाअभियान सुरु भएको पाँचौँ वर्षको पहिलो शनिबार २१० औँ हप्तामा आज थापाथली पुलपारि ललितपुर क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

उक्त सफाइमा ६०० जना भन्दा बढीको सहभागिता थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, हलेसी डेकोर, युरेशिया रेयुकाइ, एक्सीस स्कुल, ग्लोबल पिस फाउन्डेसन, रोयल सहकारी, सिस्नुपानी नेपाल, नेपाल विज्ञापन सङ्घ, नेपाल एसजिआई, साया समूह, फ्रेन्डस क्लब ललितपुर, निमार्ण नेपाल, सुपादेउराली युथ, ओसो नेपाल नदी संरक्षण संस्थालगायत संस्थाको सक्रिय सहभागिता थियो ।

वाग्मती सफाइ महाअभियानको २११ औँ हप्ता अर्को साता त्रिपुरेश्वर नयाँ पुल काठमाडा पट्टिको भागमा सफाइ गरिने सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए ।

ललितपुर महानगरपालिका वडा नं १० का नवनिर्वाचित अध्यक्ष नरसिंह व्यञ्जनकारलाई वाग्मती किनारमा स्वागतसहित सम्मान गरिएको थियो । त्यसैगरी तीनवटा एकीकृत बस्ती निर्माण गरी योगदान पु¥याउनु हुने सीताराम कट्टेल (धुर्मुस), सप्तरीमा दृिष्टविहीनका लागि एकीकृत बस्ती निर्माण गरिरहनुभएका कुमार कट्टेल (जिग्री) लाई वाग्मती सफाइ महाअभियानले विशेष सम्मान गरेको थियो ।

कार्यक्रमको सुरुवात जनसङ्ख्या तथा वातावरण सचिव डा. विश्वनाथ ओलीले सपथ गराएर गरेको थियो । समापन कलाकार धुर्मुसले गरेका थिए । सो अवसरमा कलाकार धुर्मुसले धुर्मुस सुन्तली फाउन्डेसनले सबै नेपाली जात जाति, भाषाभाषी, धर्म संस्कृति अटाउने वस्तीको परिकल्पना गरेको जानकारी दिएका छन् ।

आजैको सफाइदेखि ब्लुक्रस अस्पताल र मेघा अस्पतालले निरन्तर रूपमा एम्बुलेन्ससहित सफाइमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । सफाइमा डा. राजु अधिकारी, एलपी भानु शर्मा, अर्जुन धरेल, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, वरिष्ठ प्रहरी उपरीक्षक गणेश ऐर, टङ्कराज आचार्य, नारायण श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, हेमराज कार्कीलगायत व्यक्तित्वको सहभागिता थियो ।


प्रतिक्रिया


ताजा खबर

More

पाँचखालमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

काठमाडाैं, कार्तिक २९ । काभ्रेको पाँचखाल नगरपालिका-१३ कोसीदेखाको बिले डाँडामा मिनी ट्रक.....

नेप्से परिसूचक करिब १४ अंकले वृद्धि

काठमाडाैं, कार्तिक २९ । आज बिहीबार.....